दफा १९
महानिर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी

(१) प्राधिकरणको कार्य सन्चालनको निमित्त कार्यकारी प्रमुखको रूपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ ।
(२) महानिर्देशकको पदावधि चार वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निज पुन नियुक्तिको लागि ग्राह्य हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले चाहेमा पदावधि पूरा नहुँदै पनि महानिर्देशकलाई निजको पदबाट हटाउन सक्नेछ ।
(४) प्राधिकरणले आवश्यकतानुसार अन्य सल्लाहकार र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(५) प्राधिकरणको महानिर्देशक, सल्लाहकार तथा अन्य कर्मचारीहरूको सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।